शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

भेगीगांगामा अपांगता भएका व्यक्तिहरूलाई एनएमबि बैंकको सहयोग

एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालय को आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको “अपाङ्गता रूपान्तरण तथा पुनस्र्थापना साझेदारी कार्यक्रम” अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरु वितरण गरिएको हो ।

कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख श्री यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय श्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख श्री अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर श्री रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक श्री सुमन सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख सहयोग प्रदान गरेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।