बिहिबार, १ असोज २०८३

images

बिहिबार, १ असोज २०८३

बिहिबार, १ असोज २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ । सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक ¥यालीहरू आयोजना गरिने कार्यक्रम छ । घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोहस्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका थिए । उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए ।