शनिवार, १५ कार्तिक २०८३
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता एबं पुर्व मन्त्रि हित बहादुर तामाङले जेनजी आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनुबाहेक अर्को उपलब्धि नभएको बताएका छन् । उनले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बताउदै जेनजी आन्दोलनबाट कुनै लाभ लिन नसकिएको तर्क गरेका छन् । मंगललबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै जेनजी आन्दोलनका सन्दर्भमा यो धारणा राखेका हुन्।
जेनजीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी भनेको र माओवादीले पनि बिगत २० वर्षदेखि भन्दै आएको कुरालाई संसद्बाटै संवैधानिक हिसाबले हल गरेर संसद् भङ्ग गर्नुपर्नेमा जेनजीहरूको आन्दोलन ‘हाइज्याक’ भएर हतारमा संसद् विघटन गरिएको बताए । उनले ६ महिनाभित्र निर्वाचन गर्ने मिति तोकेर बनेको अन्तरिम सरकारले निर्वाचन गर्छ वा गर्दैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताए।
तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरूले स्वतन्त्र ढङ्गले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दलहरूलाई विश्वास दिलाउन सक्नुपर्ने भन्दै तामाङले माओवादीले निर्वाचनको विकल्प नदेखेको बताएका छन् । उनले छोटो समयमा भएको जेनजी आन्दोलनको उपलब्धि खासै नदेखिएको टिप्पणी गरे ।