बिहिबार, १४ साउन २०८३

images

बिहिबार, १४ साउन २०८३

बिहिबार, १४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

चुनावी प्रतिबद्धता पूरा गर्दै बिनोद चौधरी : खजुरा खोलापुल निर्माण अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उद्योगपति बिनोद चौधरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका बेला नवलपरासीका मतदातासँग गरेको प्रमुख चुनावी प्रतिबद्धतामध्ये एक रहेको बर्दघाट–५ र १६ जोड्ने खजुरा खोलापुल निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन्। चौधरीले नवलपरासीका जनताले आफूलाई दिएको माया, विश्वास र साथप्रति कृतज्ञता व्यक्त गर्दै निर्वाचनका क्रममा उक्त पुल निर्माण गर्ने वाचा गरेको स्मरण गराएका छन्। 

उनले नेपाल सरकारको बजेटमा आयोजना समावेश गराउन सफल भएपछि निर्माण कार्य तीव्र रूपमा अघि बढेको र चालु आर्थिक वर्ष २०८२/८३ भित्रै सम्पन्न हुने अवस्थामा पुगेको जानकारी दिएका छन्। सामाजिक संजालमा पुल निर्माणको फोटो सेयर गर्दै उनले  पुल निर्माणको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताएका छन् । उनले यो केवल एउटा पुल निर्माणको परियोजना मात्र नभई नवलपरासीका जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने प्रयास भएको उल्लेख गरेका छन्।

चौधरीले पुल निर्माणपछि स्थानीयवासीले सहज आवागमन, सुरक्षित यात्रा तथा आर्थिक–सामाजिक गतिविधिमा थप सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। यसले क्षेत्रको विकास र समृद्धिको आधार तयार पार्ने उनको भनाइ छ। उनले खजुरा खोलापुल निर्माण नवलपरासीका जनताको एकता, स्थानीय तहको सहयोग तथा सरकारी संयन्त्रको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै सबै पक्षप्रति आभार व्यक्त गरेका छन्। साथै, नवलपरासीले आफूलाई दिएको विश्वासलाई विकासका यस्ता ठोस काममार्फत सम्मान गरिरहने आफ्नो प्रतिबद्धता भविष्यमा पनि अटल रहने चौधरीले बताएका छन्।