बिहिबार, १४ साउन २०८३

images

बिहिबार, १४ साउन २०८३

बिहिबार, १४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

करेन्ट चाउचाउ ढुक्क भएर उपभोग गर्नुहोस् : यशोधा फुड्स

काठमाडौँ । यशोधा फुड्स प्रा.लि.ले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ । यशोधा फुड्सले   करेन्ट चाउचाउ ढुक्क भएर उपभोग गर्नसमेत आग्रह गरेको छ । कम्पनीले आज जारी गरेको सूचना अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिती तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका उत्पादन खान मिल्ने जनाएको छ । कम्पनीले  सूचना जारी गर्दै  गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो । 
 
‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिन्छ ।’, कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै, कम्पनीले सो ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न पनि उपभोक्ता र बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ ।

अहिले नेपाली इन्स्ट्यान्ट नुडल्स ब्रान्ड ‘Current’ उत्पादक Yashoda Foods को उत्पादन  भारत, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, जापान, यूएईलगायत २२ देशमा निर्यात भइरहेको छ। कम्पनीको कुल आम्दानीमध्ये करिब १२ प्रतिशत हिस्सा निर्यातबाट आउने गरेको छ, जसले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता देखाएको छ। कम्पनीले करिब ८ सय जनालाई प्रत्यक्ष तथा हजारौंलाई अप्रत्यक्ष रोजगारी दिएको छ भने नेपाली किसानबाट कृषि उत्पादन खरिद गर्दै स्थानीय अर्थतन्त्रलाई समेत सहयोग पुर्‍याइरहेको छ।

Yashoda Foods को वार्षिक कारोबार ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३१ प्रतिशतले बढी हो। कम्पनीले हालै नेपालकै पहिलो ‘Green Noodles Factory’ सञ्चालनमा ल्याएको छ र सौर्य ऊर्जाको प्रयोग बढाउने योजना अघि सारेको छ। बढ्दो मागसँगै कम्पनीले नुडल्स उत्पादन क्षमता ३० हजार मेट्रिक टनबाट ४२ हजार मेट्रिक टन तथा स्न्याक्स उत्पादन क्षमता ९ सय मेट्रिक टनबाट ४ हजार ५ सय मेट्रिक टन पुर्‍याएको छ। वाईवाई, रारा, टुपीएमजस्ता स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्दै Current ले विशेषगरी स्पाइसी नुडल्स बजारमा युवामाझ बलियो उपस्थिति बनाएको छ। गुणस्तर, निर्यात विस्तार र ब्रान्ड व्यवस्थापनलाई थप सुदृढ गर्न सके Current आगामी वर्षहरूमा दक्षिण एशियाकै चर्चित नेपाली FMCG ब्रान्ड बन्ने सम्भावना रहेको देखिन्छ।