शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

साइमेक्सको स्पष्टिकरण : कर छल्ने आरोप निराधार, बीवाईडी आयात कानुनअनुसार

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटअघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात गरी कर छल्न खोजिएको भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै साइमेक्स इंकले आफूले कुनै पनि प्रकारको विशेष सुविधा वा अनधिकृत भन्सार प्रक्रियाको लाभ नलिएको स्पष्ट पारेको  छ। नेपालमा बीवाईडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्सले जारी गरेको विज्ञप्तिमा हाल सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू प्रचलित कानुन, भन्सार नियमावली तथा प्रक्रियाअनुसार नै आयात तथा जाँचपास गरिएको जनाएको छ। कम्पनीले ग्राहकको पूर्वबुकिङ, बढ्दो बजार माग र नियमित व्यावसायिक योजनाअनुसार सवारीसाधन आयात गरिएको उल्लेख गरेको छ।

साइमेक्सका अनुसार २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म तिनको भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन। कम्पनीले कर परिवर्तनबाट बच्न सरकारी निकायसँग कुनै समन्वय गरेको वा अनुचित लाभ लिएको आरोपलाई पूर्ण रूपमा असत्य र आधारहीन भन्दै खण्डन गरेको छ। कम्पनीले आवश्यक परे आयात, भन्सार, ढुवानी तथा भुक्तानीसम्बन्धी सम्पूर्ण कागजात सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ। साथै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गर्दै इलेक्ट्रिक मोबिलिटी क्षेत्रप्रति सार्वजनिक विश्वास कायम राख्न जिम्मेवार बहस आवश्यक रहेको उल्लेख गरेको छ।
 

बिज्ञप्ती

हाल आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक वृत्तमा भएका चासोप्रति साइमेक्स इंकको ध्यानाकर्षण भएको छ ।

नेपालमा बीवाईडीका सवारीसाधनको आधिकारिक वितरकका रूपमा साइमेक्स इंक यस विषयमा विभिन्न तथ्यहरु स्पष्ट पार्दै कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छ।

Korala Customs, Mustang

China Export Custom Declaration Date

China Export Clearance Number

Vehicle

Unit

Nepal Import Date

Nepal Import Clearance Number

Vehicle

Units

22-May

190

ATTO 2

40

26-May

236

ATTO2

100

22-May

191

ATTO 1

11

26-May

235

ATTO 2

100

23-May

195

ATTO 1

30

26-May

233

ATTO2

100

23-May

196

ATTO 2

40

26-May

237

ATTO2

100

23-May

197

ATTO 2

40

26-May

240

ATTO1

75

24-May

198

ATTO 1

20

27-May

247

ATTO2

40

24-May

200

ATTO 2

40

27-May

245

ATTO1

75

24-May

199

ATTO 1

30

27-May

250

ATTO1

35

25-May

205

ATTO 2

30

27-May

249

ATTO 1

24

25-May

206

ATTO 2

30

 

 

 

649

25-May

207

ATTO 2

20

       

25-May

208

ATTO 2

30

       

25-May

203

ATTO 2

30

       

25-May

202

ATTO 2

40

       

25-May

201

ATTO 1

30

       

25-May

209

ATTO 2

30

       

25-May

204

ATTO 2

30

       

26-May

211

ATTO 2

40

       

26-May

210

ATTO 1

29

       

27-May

212

ATTO 1

59

       

 

 

 

649

       

 

 

Rasuwa Customs

China Export Custom Declaration Date

China Export Clearance Number

Vehicle

Unit

Nepal Import Date

Nepal Import Clearance Number

Vehicle

Units

6-May

361

Atto 1

25

18-May

5401

ATTO1

20

7-May

364

Atto 1

25

18-May

5400

ATTO1

30

11-May

3925

Sealion 7

15

18-May

5309

SEALION 7

15

14-May

4075

Atto 2

46

20-May

5679

SEALION 7

20

14-May

4074

Atto 2

28

21-May

5733

ATTO2

100

14-May

4073

Atto 2

26

22-May

5677

ATTO2

100

15-May

4111

Atto 2

44

26-May

5998

ATTO2

50

18-May

4166

Atto 3

2

26-May

5955

ATTO1

17

18-May

4139

Atto 2

92

27-May

6127

SEALION 7

35

18-May

4138

Atto 2

14

27-May

6118

ATTO1

23

18-May

4163

Sealion 7

20

27-May

6114

ATTO1

60

20-May

4262

Atto 1

24

27-May

5999

ATTO3

2

25-May

4397

Sealion 7

10

TOTAL

472

25-May

4399

Atto 1

24

       

25-May

4395

Sealion 7

25

       

25-May

4398

Atto 1

24

       

25-May

4402

Atto 1

28

       

TOTAL

472

       

 

यसका अतिरिक्त, २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन।

हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्।

साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ।

ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएका हुन्। यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना, तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्। सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको हो।

साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालका हुन् ।

हाम्रा आयातसम्बन्धी सम्पूर्ण गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिन्छन्।

साइमेक्स इंक कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्दछ र सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू— आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू—सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको जानकारी गराउँछ।

 

जिम्मेवारीपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोध

सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई आधिकारिक अभिलेख तथा सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न तथा सार्वजनिक भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा अनुचित क्षति पु¥याउने खालका आरोप वा सामग्री प्रकाशन नगर्न साइमेक्स इंक विनम्र अनुरोध गर्दछ।

नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायातको पहुँच विस्तार गर्न इलेक्ट्रिक मोबिलिटी सेक्टरले महत्वपूर्ण योगदान पु-याउँदै आएको छ। यस क्षेत्रमा सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण तथा जिम्मेवारीपूर्ण सार्वजनिक बहस आवश्यक छ।

 

नेपालप्रतिको प्रतिबद्धता

साइमेक्स इंकले विगत धेरै वर्षदेखि नेपालको अटोमोटिभ तथा क्लिन इनर्जी रूपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रूपमा योगदान दिँदै आएको छ। हामी इमान्दारिता, कानुनको पालना, पारदर्शिता तथा जवाफदेहिताका साथ नेपाली उपभोक्ताको सेवा गर्न निरन्तर प्रतिबद्ध छौं।

सम्बन्धित निकायहरूद्वारा भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले यस विषयमा स्पष्टता ल्याउने र हाल सार्वजनिक रूपमा फैलाइएका भ्रम तथा गलत सूचनाहरूको अन्त्य गर्नेमा हामी विश्वस्त छौं।