आईतबार, १६ कार्तिक २०८३

images

आईतबार, १६ कार्तिक २०८३

आईतबार, १६ कार्तिक २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौँ, २ पुस : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान गरेको छ । हिजो मङ्गलबार र आज दुई दिन बसेको सो पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी निर्वाचनसम्म पार्टीलाई सशक्त बनाउन तथा अन्य विचार मिल्ने शक्तिहरूसँग एकताका लागि ‘निर्वाचन परिचालन तथा वार्ता संवाद समिति’ गठनलगायतका निर्णय गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवले जानकारी दिनुभयो । 

आगामी निर्वाचनसम्म पार्टीलाई सशक्त बनाउन तथा अन्य विचार मिल्ने शक्तिहरूसँग एकताका लागि ‘निर्वाचन परिचालन तथा वार्ता संवाद समिति’ गठन गरेको छ । समितिको संयोजकमा नेता जनार्दन शर्मा रहनुभएको छभने सदस्यहरूमा सन्तोष परियार, ओजस्वी भट्टराई, सत्यनारायण भगत, घनमानसिंह गुरुङ र लक्ष्मी गुरुङ छन् । पार्टीले ‘एक प्रदेश एक उत्पादन’ को नीति लिँदै उत्पादनसँग पार्टीलाई जोड्ने, नेपालीहरूलाई त्यहीँबाट मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, १८ वर्ष पुगेकालाई उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने र आगामी निर्वाचनमा ‘नो भोट’ (राइट टु रिजेक्ट) को व्यवस्था तत्काल लागू गर्ने निर्णय गरेको छ ।