मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

नुवाकोट, २२ असोज । घरेलु विवादका कारण नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा एक महिलाको ज्यान गएको छ। मंगलबार साँझ ४९ वर्षीया सबिना तामाङको आफ्नै श्रीमान् जीतमान तामाङले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सबिनाको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि आरोपी जीतमान तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक बयानमा उनले आवेशमा आएर हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।