सोमबार, २९ भदौ २०८३

images

सोमबार, २९ भदौ २०८३

सोमबार, २९ भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण

इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी आपक्रमण गरेको घोषणा गरेको इरना समाचार एजेन्सीले रिपोर्ट गरेको छ । यसैबीच इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले  अमेरिका युद्धविरामका लागि प्रतिबद्ध नभएको उल्लेख गर्दै दोषारोपणको खेलले अबका दिनमा काम नगर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा उहाँले वार्ताको प्रक्रिया चलिरेको समयमा इरान माथि अमेरिकाले पुनः आक्रमण गरेको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति वार्ता वा युद्धविरामको सिद्धान्तप्रति कुनै प्रतिबद्धता नभएको बताउनु भएको छ । यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यदि इरानसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति छ भने उनीहरूले फोन मार्फत पनि सल्लाह गर्न सक्ने बताउनुभएको छ ।

उहाँले इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको विषयमा सम्मान गर्दै उनीहरूसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति रहेमा फोन मार्फत समाधान गर्नु पर्ने तर हिंसाको सामना हिंसाका साथ नै हुने बताउनुभएको छ । यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबिच त्रिपक्षीय फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । 

सामाजिक सञ्जाल एक्समा  उहाँले इजरायल र लेबनानबिचको ऐतिहासिक त्रिपक्षीय फ्रेमवर्क सम्झौताको हिस्सा हुन पाउँदा अमेरिकाले गर्व गरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेकाले शान्ति, समृद्धि र आपसी सहअस्तित्वको लागि अर्थपूर्ण कदम चालेका बताउनु भएको छ । आइआरजिसी र नियमित इरानी सेनाको समन्वय गर्ने अपरेसनल कमान्ड सेन्टर, इरानको खातम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टरका आधिकारिक सैन्य प्रवक्ता इब्राहिम अल–फिकारले यस पटक अमेरिकी आक्रमणमा इरानको कडा प्रतिक्रिया हुने बताउनु छ ।