बिहिबार, १४ साउन २०८३

images

बिहिबार, १४ साउन २०८३

बिहिबार, १४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

विश्वकप फुटबल : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ, १८ असारः बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज  भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै  अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान  एक एक गोल गरे । खेलको  ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६४ औँ मिनेटमा  फोलारिन बालोगुनले रातो कार्ड खाँदै मैदान  बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो । 

त्यसपछि पनि अमेरिकाले खेलको ८२औँ मिनेटमा अर्काे गोल थप्यो । उसका लागि टिलम्यानले गोल गरे  । गए राति भएको अर्को खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोलले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा पुगेका थियो । अब विश्वकपको अन्तिम १६ को खेलमा अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।