मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

तेस्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्डको फारम खुला

गीत संगीत तथा चलचित्र दुबैतर्फ शेर्पा, थकाली, गुरुङ, मगर, थारु, दनुवार, दराई, माझी, नेवारी, तामाङ, दुरा, राई/सुनुवार, मैथिली, लिम्बू, राजबंशी, भोजपुरी, माडवारी, अवधी, डोल्पेली, चेपाङलगायतका आदिबासी–जनजातिहरुले आफ्नो मातृभाषा तथा सम्बन्धि जातको संस्कृति समेटिएर नेपाली भाषामा रेकर्ड भएका गीत–संगीतबाट र उल्लेखित भाषामा निर्माण भएका चलचित्र, टेली चलचित्र, बृत्तचित्र, लघू चलचित्रबाट आ–आफ्नो विधामा फारम भर्न सक्ने छन् ।

‘तेस्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८२’को फारम खुला भएको छ । आयोजक संस्था क्वालिटी फिल्मस् प्रा.लि.ले मंगलबार यो अवार्डको तेस्रो संस्करणको फारम खुला भएको घोषणा गरेको हो । यो अवार्डको लगातार दुई सृंखलाको सफलतापछि यो तेस्रो सृंखलाको तयारी तिब्र गतिमा भइरहेको छ । आयोजक टिमले यो सृंखलाको अवार्डको तयारी सुरु भइसकेको जनाएको छ । अवार्डको लागि २० साउन मंगलबारबाटै फारम खुला गरिएको छ । यो अवार्डमा २०८१ बैशाख १ गते देखि २०८२ असार मसान्तसम्म प्रकाशित गीत–संगीत तथा चलचित्रका कलाकार, प्राविधिक र सम्बन्धित विधाले सहभागी हुन पाउने छन् ।
 

बिगत झैं यसपटक पनि आदिबासी जनजाति गीत संगीत, कथानक चलचित्र, लघु चलचित्र, टेली चलचित्रलाई लक्षित गरेर यो अवार्ड आयोजना गर्न लागिएको आयोजक टिमका अध्यक्ष उमेश गुरुङले बताएका छन् । उनका अनुसार यही भदौ १० गतेसम्म फारम भरिसक्नु पर्नेछ । आयोजक पक्षले १३ भदौमा अनलाईन माध्यमबाट मनोनयन सूची सार्वजनिक गर्ने छ । भदौको ३० गते अवार्ड आयोजना गर्ने लक्ष्य आयोजक पक्षको रहेको छ ।
यो अवार्डका लागि सहभागी हुन चाहनेहरुका लागि मंगलबारबाटै फारम भर्ने काम सुरु भईसकेको पनि आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् । अवार्डको फारम बिलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतलीसडक र क्वालिटी फिल्मस् प्रा.लि.को कार्यालय लैनचौरबाट लिन सकिन्छ ।

अध्यक्ष गुरुङका अनुसार गीत संगीत तथा चलचित्र दुबैतर्फ शेर्पा, थकाली, गुरुङ, मगर, थारु, दनुवार, दराई, माझी, नेवारी, तामाङ, दुरा, राई/सुनुवार, मैथिली, लिम्बू, राजबंशी, भोजपुरी, माडवारी, अवधी, डोल्पेली, चेपाङलगायतका आदिबासी–जनजातिहरुले आफ्नो मातृभाषा तथा सम्बन्धि जातको संस्कृति समेटिएर नेपाली भाषामा रेकर्ड भएका गीत–संगीतबाट र उल्लेखित भाषामा निर्माण भएका चलचित्र, टेली चलचित्र, बृत्तचित्र, लघू चलचित्रबाट आ–आफ्नो विधामा फारम भर्न सक्ने छन् ।

यसैगरी यो अवार्डका लागि गीत–संगीततर्फ गीत, गायक, गायिका, नव गायक/नव गायिका, गीतकार, संगीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, मोडल पुरुष/महिला, नव मोडल पुरुष/महिला, छायाकार, सम्पादक, सृंगार, भेषभूषा, मिक्सिङ, वाद्यवादनलगायतका विविध विधा एवं चलचित्रतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, संगीतकार, संगीत संयोजक, गीतकार, गायक, गायिका, छायांकार, सम्पादक, पाश्र्व संगीतकार, सृंगार, भेषभूषा, रंग संयोजन जस्ता विधाका सर्जक, कलाकार र प्राविधिकहरुले अवार्ड प्रतिस्पर्धाका लागि फारम भर्न सक्ने छन् ।