बिहिबार, १४ साउन २०८३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक WorldLink Communications को क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। रेटिङ कम्पनी CARE Ratings Nepal ले वर्ल्डलिंकलाई दीर्घकालीन बैंक कर्जाका लागि ‘केयर एनपी ए’ बाट ‘केयर एनपी ए प्लस’ तथा अल्पकालीन बैंक कर्जाका लागि ‘केयर एनपी ए प्लस’ बाट ‘केयर एनपी ए–१’ रेटिङ प्रदान गरेको हो।
कम्पनीले कुल २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको थियो। यसमध्ये १ अर्ब १ करोड १० लाख रुपैयाँ दीर्घकालीन तथा १ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ। केयर रेटिङ्स नेपालका अनुसार कम्पनीको वित्तीय अवस्था, सञ्चालन क्षमता तथा व्यवसायिक प्रदर्शनमा देखिएको निरन्तर सुधारका आधारमा रेटिङ स्तरोन्नति गरिएको हो।
नयाँ रेटिङले वर्ल्डलिंकको कर्जा भुक्तानी क्षमता अझ मजबुत रहेको संकेत गर्ने तथा वित्तीय संस्थाहरूको विश्वास थप बढाउने अपेक्षा गरिएको छ। नेपालमा इन्टरनेट तथा डिजिटल सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको वर्ल्डलिंकले पछिल्ला वर्षहरूमा ग्राहक संख्या, नेटवर्क विस्तार र वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ।