शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सीजी मोटर्सको ‘महामेला एक्सचेन्ज कार्निभल’मा बाइक बिक्री उत्साहजनक

काठमाडौं । भृकुटीमण्डपमा जेठ ६ गतेदेखि सुरु भएको सीजी मोटर्सको ‘महामेला एक्सचेन्ज कार्निभल’मा तीन दिनमै ८० भन्दा बढी हिरो मोटरसाइकल बिक्री भएका छन् । कम्पनीले कार्निभलमार्फत ५०० भन्दा बढी बाइक बिक्री गर्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीका अनुसार उक्त लक्ष्य पूरा हुनेमा आफूहरू विश्वस्त रहेको जनाएका छन । 

कार्निभलको मुख्य उद्देश्य पुराना मोटरसाइकलको एक्सचेन्ज तथा विशेष प्रवर्द्धन कार्यक्रममार्फत ग्राहकलाई नयाँ बाइक खरिदमा आकर्षित गर्नु रहेको बताइएको छ । कार्निभलमा काठमाडौंभित्र रहेका सीजी मोटर्सका १२ वटा शाखाका स्टल राखिएका छन् । स्टलमा २ लाखदेखि ५ लाख रुपैयाँसम्मका विभिन्न मोडलका बाइक प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । 

माइलेजका हिसाबले लोकप्रिय ‘सुपर स्प्लेन्डर’देखि प्रतिलिटर ५० किलोमिटरसम्म माइलेज दिने विभिन्न मोटरसाइकल उपलब्ध रहेको कम्पनीले जनाएको छ । बाइक खरिदका लागि ४० प्रतिशतसम्म डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था गरिएको छ भने १० देखि १२ प्रतिशतसम्म ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध रहेको बताइएको छ । त्यसैगरी, ग्राहकका लागि ६ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका स्क्र्याच कुपनको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।