मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पार्टीको नीति राष्ट्रको नीति बनाउन सकेमात्र निर्णायक शक्ति बन्नेछ : महासचिव पोखरेल

निर्माणका समस्या रहेको भन्दै महासदक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता पार्टी चिव पोखरेलले तिनलाई पराजित गर्न सकेमात्र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा हालिस गर्न सकिने धारणा राख्नुभयो ।

काठमाडौँ, १६ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति राष्ट्रको नीति बनाउने सकेमात्र पार्टी निर्णायक शक्ति बन्ने बताउनुभएको छ । एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लेख्नुभएको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको आज यहाँ पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा विमोचन गर्दै उहाँले पार्टीलाई निर्णायक शक्ति बनाउन रहेक तहका सरकारको नेतृत्व पार्टीले गर्नुपर्ने अवस्था निर्माण गरिनुपर्ने बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो,“त्यो भनेको हरेक तहका कार्यकारी सरकारको नेतृत्व गर्ने सामथ्र्य निर्माण गर्नु हो । जब एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने सामथ्र्य निर्माण हुन्छ, तब एमाले निर्णायक शक्ति बन्दछ । यसका पार्टीलाई बलियो बनाउन लाग्नुको विकल्प छैन ।”उहाँले  हाल पार्टीले सरकारको नेतृत्व गरिरहे पनि आफ्नो नीतिलाई राष्ट्रको नीति बनाउने एकल सामथ्र्यको अवस्था नरहेको बताउनुभयो । 

अब पार्टीको वर्ग सङ्घर्ष चुनावमा केन्द्रित हुनुपर्ने महासचिव पोखरेलको भनाइ थियो । “हाम्रो वर्ग सङ्घर्ष केन्द्रीय निर्वाचनमा सफलता प्राप्त गर्नु हो । हाल चुनावलाई वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षको माध्यमका रूपमा बुझ्न छाडेका छौँ”, उहाँले भन्नुभयो,  “पछिल्लो समय निर्वाचनलाई अवसर प्राप्तिका लागि र विगतमा आफूले प्राप्त गरेका योगदानकोे सम्मानका रूपमा मात्र लिन थालेका छौँ ।”

दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता पार्टी निर्माणका समस्या रहेको भन्दै  महासचिव पोखरेलले तिनलाई पराजित गर्न सकेमात्र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा हालिस गर्न सकिने धारणा राख्नुभयो । उहाँले दोस्रो विधान महाधिवेशनले पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा लेखक तथा नेता पोखरेलले कम्युनिष्ट पार्टी निर्माण गर्ने कुरालाई उल्लेख गर्नुभएको बताउनुभयो । उहाँले पुस्तकले पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई अभिप्रेरित गरेको बताउनुभयो ।पुस्तकका लेखक नेता पोखरेलले पुस्तकमा १४ वटा खण्ड रहेकामा त्यसमध्ये १२ वटा खण्डमा कम्युनिष्ट पार्टी निर्माण र दुई खण्डमा समसामयिक विषय लेखिएको बताउनुभयो ।