मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सय रुपैयाँको भन्सारसीमाले तराई–मधेशका भुइँमान्छे मर्कामा

भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था सरकारले कठोरतापूर्वक लागू गरेपछि सीमावर्ती क्षेत्रका नेपाली नागरिक सास्ती खेप्न बाध्य छन् । सरकारी कडाइले सीमावर्ती बजार धार्चुला, गड्डाचौकी, गौरीफन्टा, बनगाउँ, रुपैडिहा, सुनौली, रक्सौल, जोगबनीलगायतमा भर पर्दै आएका नेपाली उपभोक्ता मारमा परेका छन् ।

नेपाली बजारमा महँगो हुने भएकाले सीमावर्ती क्षेत्रका न्यून र मध्यम वर्गीय उपभोक्ता दैनिक उपभोग्य वस्तु दाल, चिनी, तरकारीलगायत वस्तु भारतीय बजारबाट किनमेल गरेर ल्याउँथे । तर, पछिल्लो एक सातादेखि सरकारले भारतीय बजारबाट दैनिक उपभोगका लागि ल्याउने सामानमा समेत कठोर नियम लगाएपछि उपभोक्ता प्रत्यक्ष मारमा छन् ।

सशस्त्र प्रहरीले एक सय रुपैयाँभन्दा माथिको सरसामान नल्याउन र ल्याएमा भन्सार चुक्ता गरेर भिœयाउन सीमानाकामा माइकिङ गरिरहेका छन् । नाकामा कडाइ बढेसँगै साना किनमेलका लागि जाने रोकिएका छन् भने नेपाली उपभोक्ताको भरमा चलेका भारतीय सीमावर्ती बजार सुनसान बनेका छन् । भारतीय बजारमा निर्भर रहेका सीमावर्ती बासिन्दा अहिले महँगोमा सामान किन्न बाध्य छन् । सीमावर्ती नेपाली बजारका व्यवसायी भने सरकारको कदमबाट उत्साहित छन् ।

भन्सार महसुल ऐन, ०८१ अनुसार स्थलमार्गबाट आवतजावत गर्ने व्यक्तिले एक सय रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भन्सार छुट पाउन सक्छन् । ऐनमा नेपालभित्र आउने तथा नेपालबाहिर जाने यात्रुले ल्याउन पाउने सामग्रीबारे व्यवस्था छ, जसअनुसार सिमाना ओहोरदोहोर गर्ने व्यक्तिले एक सय रुपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने प्रावधान छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।