मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

देशलाई अराजकताबाट मुक्त पार्न सशक्त एमाले आवश्यक : नेता भट्टराई

भक्तपुर । नेकपा(एमाले)का केन्द्रिय सदस्य निर्मलकुमार भट्टराईले विकास र समृध्दिको बाटोमा अघि बढिरहेको बेला अराजकताले निल्न खोजेको टिप्पणी गरेका छन् ।  नेकपा(एमाले)को जनपरिचालन कार्यक्रम अन्तर्गत सुर्यविनायक नगरपालिका वडा नं ५ मा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले सो टिप्पणी गरेका हुन् ।

‘दशकौंको माओवादी उग्रवादी अराजकताबाट विस्तारै तङ्ग्रिएको नेपाललाई जेन्जीको नाममा भएको नेतृत्वबिहीन घोर दक्षिणपन्थी अराजकताले पुन:  आक्रान्त पार्‍यो’,उनको भनाई थियो ।‘यस किसिमको अराजकताबाट देशलाई पार लगाउन झन सशक्त एमालेको आवश्यकता रहेको उनको जिकिर थियो ।

पार्टी वडाध्यक्ष सुरेश अच्छामीको अध्यक्षतामा सम्पन्न सो भेलालाई एमाले सल्लाहकार परिषद भागिरथा सिटौला, प्रदेश कमिटी सदस्य दिपक विसुन्के, जिल्ला अध्यक्ष बचन देउजा, वडा इन्चार्ज मनोज थापा,नेता तथा वडाध्यक्ष राजकुमार जोशीलगायतले सम्बोधन गरेका थिए ।