मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एक दिन पनि यो सरकारको साझेदार हुन सकिंदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन र  रहन सक्दै नसक्ने उल्लेख गरेका छन् । उनले सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’