मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

राजकीय भ्रमणका लागि ट्रम्प बेइजिङमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो । लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार ७ः५० मा बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो । दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।