शनिवार, १६ साउन २०८३

images

शनिवार, १६ साउन २०८३

शनिवार, १६ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो मान्यता

काठमाडौँ  ।  निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उक्त  मान्यता दिएको हो । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन  गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा पुस २७ गतेदेखि ३० गतेसम्म भएको थियो । नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा अब गगन थापाको भएको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो ।