मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एमसिसी सहयोगमा वृद्धि : नेपालले थप ५० मिलियन डलर पाउँदै

काठमाडौँ, ३ मङ्सिर । नेपाल सरकारले संयुक्त राज्य अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा ठूलो थप सहयोग सुनिश्चित भएको छ। अमेरिकाले नेपालका लागि थप ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको हो। यससँगै एमसिसी नेपाल कम्प्याक्टको कुल बजेट ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ।

नयाँ संरचनाअनुसार अमेरिकाको योगदान ५५ करोड डलर पुग्नेछ भने नेपाल सरकारको लगानी १९ करोड ७० लाख डलर रहनेछ। थप भएको अनुदानले विशेष गरी विद्युत् प्रसारणलाइन निर्माणलाई गति दिने, राष्ट्रिय ऊर्जा प्रणालीलाई बलियो बनाउने तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइएकाे छ। ऊर्जा ग्रिडको विश्वसनीयता वृद्धि, बजार पहुँच विस्तार तथा अन्तरराष्ट्रिय ऊर्जा ‘कनेक्टिभिटी’ मजबुत गर्न यो रकम निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एमसिसी परियोजना अमेरिकी प्रविधि र कम्पनीहरूलाई नेपाली ऊर्जा क्षेत्रमा प्रवेश गराउने अवसरसमेत बन्न सक्ने दूतावासले जनाएको छ। यस्तो अनुदानले नेपाल–अमेरिका दीर्घकालीन साझेदारी, ऊर्जा सुरक्षा र साझा आर्थिक समृद्धिको प्रयत्नलाई थप बलियो बनाउने अमेरिकी दूतावासको भनाइ छ। दशकौँदेखि दुवै मुलुकबीच जारी सहयोगलाई निरन्तरता दिने यो ऋणरहित सहायता उच्च प्रभावयुक्त पूर्वाधार विकासकै लागि लक्षित गरिएको छ।