शुक्रबार, १५ साउन २०८३
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : साताको प्रारम्भमा स्वास्थलाई लिएर चिन्ता रहनेछ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि परिनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसर प्राप्त हुनेछ। साताको अन्तिममा पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक १ र २ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साताको मध्यमा शत्रुहरू सक्रिय रहनेछन्। आलस्यले गर्दा हात आएको अवसर गुमाउन सकिनेछ सावधान रहनुहोस्। साताको अन्तिममा धर्मकर्ममा मन लाग्नेछ। मातापिताबाट सहयोग प्राप्त हुनेछ। सदैव देवीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक २ र ४ रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा साधन रहनुहोला। साताको मध्यमा साझेदारी व्यापारमा नयाँ चुनौतीको सामना गर्नुपर्ला। नयाँ नोकरीमा योग्यताको मूल्याङ्कन हुनेछ। साताको मध्यमा आध्यात्म तर्फ रुचि बढ्ने। आफ्नो कार्यप्रति ईमान्दारिता राख्नुहोस्। द्वेष र ईर्ष्या राख्नेहरू हार खानेछन्। सदैव कालभैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र पहेलो हो भने शुभ अंक ३ र ६ रहेको छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : साताको प्रारम्भमा शिक्षाको क्षेत्र फराकिलो हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। कानुनी पक्ष मजबुत रहनेछ। साताको अन्तिममा साझेदारी व्यापारमा सामञ्जस्य बनाउन गाह्रो हुनेछ। आफन्तहरूको साथ मिल्नाले मनमा उत्साह रहनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग बैजनी र सुन्तला हो भने शुभ अंक ३ र ८ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : साताको प्रारम्भमा परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साताको मध्यमा सामाजिक समस्या सुल्झाउनमा सफल भइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साताको अन्तिममा उत्तेजनामा आएर कुनै निर्णय नलिनुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सिन्दुरी हो भने शुभ अंक १ र ५ रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : साताको प्रारम्भमा धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। लगनशीलताको उचित प्रतिफल मिल्नेछ। साताको मध्यमा राजनीतिक क्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइएला। हात आएको अवसर नगुमाउनुहोस्। साताको अन्तिममा शैक्षिक प्रतिस्पर्धामा अग्र स्थान प्राप्त हुनेछ। सन्तानको प्रगतिले मन हर्षित रहनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग केशरी र सुन्तला हो भने शुभ अंक ४ र ७ रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरूको मध्यमा रमाइलो समय व्यतीत हुनेछ। साताको मध्यमा महत्वकांक्षी योजना प्रारम्भ गर्ने समय रहेको छ। आँटेको कार्य समयमा सम्पादन गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। साताको अन्तिममा योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। काम बिग्रिनुको डरले मनमा अज्ञात भय रहनेछ। सदैव भगवान शिवलाई जल चढाएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग गुलाबी र खैरो हो भने शुभ अंक ७ र ८ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ। नोकरी वा पेशामा नयाँ दायित्व निर्वहन गर्नुपर्ला। साताको मध्यमा अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ने समय रहेको छ। काम विशेषले आफन्तहरूबाट टाढिनुपर्ला। साताको अन्तिममा कार्यक्षेत्रमा आफ्नो कार्यले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आफूभन्दा साना भाइबहिनीहरूबाट सहयोग पाइएला। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र पहेलो हो भने शुभ अंक ६ र ७ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विश्वास पात्रबाट धोखा पाइएला सचेत रहनुहोस्। साताको मध्यमा व्यापार व्यवसायमा नयाँ अनुबन्ध मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग पाइएला। साताको अन्तिममा बुद्धिको उपयोगले कार्य सिध्द हुनेछन्। नयाँ योजनातर्फ अग्रसर भइनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र रातो हो भने शुभ अंक ५ र ७ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : साताको प्रारम्भमा आत्मश्वासमा वृद्धि हुनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। पारिवारिक सद्भावमा मनमुटाव आउन सक्छ। साताको अन्तिममा स्वास्थ्य कमजोर रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। भावनामा आएर निर्णय नलिनुहोला। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र खैरो हो भने शुभ अंक ३ र ८ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : साताको प्रारम्भमा धनलाभका नयाँ अवसरहरू जुट्नेछन्। सुख सुविधामा वृद्धि हुनेछ। गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ। साताको मध्यमा पहिला गरेको गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। साताको अन्तिमा स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। कृषि वा पशुपालबाट लाभ आर्जन गर्न सकिएला। सदैव भगवान शालिग्रामलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग केशरी र सुन्तला हो भने शुभ अंक २ र ६ रहेको छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : साताको प्रारम्भमा सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम विवाहको सम्बन्धमा पारिवारिक समस्या आउन सक्छ। साताको मध्यमा सबै कामहरू उत्तम तरिकाले पूरा हुनेछन्। व्यापार व्यवसायमा विवादित विषयको समाधान हुनेछ। कार्यस्थलमा ठूलो परियोजना हात पार्न सकिनेछ। साताको अन्तिममा जीवन साथीप्रति वफादारी र माया बढ्नेछ। दैनिक खरिददारी गर्दा सामानमा मितिको ध्यान गरौँ। चिकित्साको क्षेत्रमा सम्मान पाइनेछ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र हरियो हो भने शुभ अंक ७ र ९ रहेको छ।