मङ्गलबार, ३० भदौ २०८३

images

मङ्गलबार, ३० भदौ २०८३

मङ्गलबार, ३० भदौ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न

पौष ३० गते बुधबारका दिन नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा नेपाल बैंकको ६६ औँ वार्षिक साधारण सभा आर्थिक वर्ष २०८१-८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरी सम्पन्न भएको छ ।  

त्यस्तै, सभाले आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भए पश्चात् लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ । 

बैंकको नियमावलीको नियम ३१ मा भएको व्यवस्था बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्दै उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ ।