शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

रविको आश्वासन र आक्रोस : सकुम्वासीमा छाती, प्रधानन्यायाधीश सिफारिसमा गर्धन

काठमाडौं । प्रतिनिधिसभा सदस्यलाई राजनीति सिकाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिने प्रशिक्षण सञ्चालन गरेको छ । ललितपुरको जावलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले राजनीतिभित्रका अन्तरसंघर्ष, सत्ता, सरकार, न्यायालय, मिडिया र जनताको सवालमा पार्टीको अवस्था र सांसदको भूमिकाको विषयमा प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण समापनको अवसरमा आइतबार स्टाफ कलेजमा सांसदहरूलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्रको विवादको विषयमा मिडियामा आएका टिप्पणीदेखि प्रधानन्यायाधीशको छनौट र अन्य राजनीतिक पार्टीदेखि मिडियासम्मको आलोचना गरेका छन् । लामिछानेले प्रधानन्यायाधीशको छनौट संवैधानिक घेराभित्र नै रहेर योग्यमध्येबाटै एक जनालाई सिफारिस गरेको बताउँदै सडक बहस बनाउन नहुने बताए ।

प्रधानन्यायाधीश छनौटलाई लिएर आफूलाई अगाडि सार्दै उनले भने, ‘मेरो गर्धन त्यहीँ छ, हतियार चलाइदिनुस् ।’ यसअघि सुकुम्वासी वस्तमिा डोजर चलाउन नदिने आशयसहित उनले वस्तीमा डोजर चलाउनुअघि आफ्नो छातीमा चलाउनुपर्ने आशयका अभिव्यक्ति दिएका थिए । प्रशिक्षण कार्यक्रममा आफूले त्यसबेला दिएको अभिव्यक्तिमा अहिले पनि अडिग रहेको बताउँदै जग्गा र घरबारबिहीन हुन नदिने प्रतिवद्धता दोहोर्याए । आजको राजधानी दैनिकमा समाचार छ।